‘नयाँ अध्याय’मार्फत राहुल शंकरको देशप्रेमी गजलयात्रा
राहुल शंकरको नयाँ गजलसङ्ग्रह ‘नयाँ अध्याय’ राजधानीमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। ‘द मार्जिन’ले प्रकाशनमा ल्याएको उक्त कृतिको विमोचन सर्वनाम थिएटरमा सम्पन्न भएको हो। कार्यक्रममा वक्ता प्रकाश आङ्देम्बेले नागरिकता बोक्ने र नबोक्ने नेपालीहरूको देश छोड्ने पीडादायी यथार्थलाई जोड्दै राहुल शंकरका गजलहरू देशभक्त भावनाले भरिएको बताए। अर्का वक्ता शितल कादम्बिनीले समकालीन नेपाली गजल साहित्यमा ‘नयाँ […]
मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त
सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । प्रदेश प्रमुख भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएकी थिइन् । यो नियुक्ति गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परिसकेको छ र सात दलले आन्दोलन र कानुनी उपचार गर्ने निर्णय गरेका छन् ।
महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महा गुरु फाल्गुनन्दको १४१औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म […]
मलामी बोकेको ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु
२ कात्तिक, कैलाली । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा आइतबार दुर्घटनामा परेको हो ।घाइते मध्ये चार जनाकाे अवस्था गम्भीर रहेका छन् । घाइतेहरूकाे स्थानीय […]
मनाङमा डेढ महिनाभित्र ७ हजार पर्यटक भित्रिए
मनसुन सकिएपछि मनाङमा विदेशी पर्यटकको आगमन बढेको छ र डेढ महिनामा सात हजार ४६१ पर्यटकले अन्नपूर्ण पदमार्ग भ्रमण गरेका छन्। मनाङमा जेनजी आन्दोलन र बाढीपहिराका कारण पर्यटकको आगमनमा समस्या आएको थियो तर अहिले पर्यटन व्यवसायीले चहलपहल बढेको बताएका छन्। मनाङको पदमार्ग र सडक सहज बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण आवश्यक रहेको छ र स्वदेशी पर्यटन […]
अत्यधिक विषादी भेटियो-हरियो फर्सी, काँक्रो र घिरौँलामा
२३ असोज काठमाडौं । मकवानपुरबाट कालीमाटी तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सीमा ४५.५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौंलामा ६५.०३ र काठमाडौंमै उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । न्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो […]
Gen-Z आन्दोलनको ज्वालामा जलेको फरयू फेन्सी
काठमाडौँ –लोत्से मल (१औं तलामा) स्थित शेखर कलेक्सन—मालिक शेखर पौडेलको मेहनत, पसिनाले सिंचित सपना—२४ भदौको रातभरमै खरानीमा परिणत भयो। ३३ वर्षीय पौडेल गैंडाकोट, नवलपुरका स्थायी बासिन्दा हुन्। व्यापारको ठूलो सपना बोकेर उनी अस्थायी रूपमा काठमाडौं बसाइ सरेका थिए। दसैं नजिकिँदै थियो, बजार चहलपहल बढ्ने अपेक्षा थियो। तर, आन्दोलनको भीडमा पसल तोडफोड, आगजनी, र कालो धुवाँसँगै […]
