जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३१ हजारले पाए पहिलो किस्ता

त्रिवेणी (रुकुमपश्चिम), १९ फागुन : गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन् । अस्थायी आवास निर्माण गर्न जिल्लाका छवटै पालिकाका ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् […]

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

सिरहा, २० फागुन : आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउनुभएको थियो । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाउनुभएको छ । […]

कोहलपुरमा घोङी खाने प्रतियोगिता : ४ मिनेटमा एक किलो घोङी खानुपर्ने

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो । घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा चार मिनेटमा एक किलो […]

आजदेखि बेनी–मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द

म्याग्दी, १९ फागुन : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन आजदेखि यही फागुन २४ गतेसम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु […]