कालिदेवी मा.वि.ले गर्यो जंकफुड निषेधित बिद्यालय घोषणा ।
मिति २०८१/२/२७ गतेबाट काठमाडौं तारकेश्वर नगरपालिकामा रहेको कालिदेबी माविले आफ्नो बिद्यालय लाई जंकफुड मुक्त बिधालय घोषणा गरेको छ । वि. स २०४५ मा तारकेश्वर नगरपालिका वडा नम्बर दुइमा स्थापना भएको सो बिद्यालय नमुना हो जहाँ प्राविधिक विषय अन्तर्गत कृषि विषयकाे पढाइ हुन्छ । आज बिद्यालयमा औपचारिक कार्यक्रम गरेर बिद्यालयका प्र. अ . कृष्ण प्रसाद ओझाले […]
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ
काठमाडौँ, २१ फागुन : राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उहाँहरुलाई सपथ दिलाउनुभएको हो । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिनुभयो भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गर्नुभयो । राष्ट्रियसभा सदस्यका […]
जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३१ हजारले पाए पहिलो किस्ता
त्रिवेणी (रुकुमपश्चिम), १९ फागुन : गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन् । अस्थायी आवास निर्माण गर्न जिल्लाका छवटै पालिकाका ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् […]
अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न चितवन प्रहरीको अनुरोध
काठमाडौँ, १९ फागुनः जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका वडा नं १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्राको मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले आज […]