तारकेश्वर नगरपालिका का जनप्रतिनिधि श्यामकृष्ण महर्जन बिरामीलाई निशुल्क उपचार गर्दै ।

मिति २०८१/६/५ गते तारकेश्वर नगरपालिका वडा नम्बर ९ का वडा सदस्य श्यामकृष्ण महर्जले आफ्ना स्वर्गीय माता पिताको सम्झनामा स्थानीयहरुलाई मृगौला र सुगरको निशुल्क स्वास्थ परिक्षण गरेका छन् । बिहान ७ बजेबाट सुरुवात भएको उक्त कार्यक्रममा आम नागरिक जनप्रतिनिधि देखि १३ बर्षको बालक हुँदै ९२ बर्षका २१० जनाले सेवा लिएका थिए । उहाँको कामलाई देखेर स्थानीय […]

नुवाकोट सुर्यचौरमा हेलिकप्टर दुर्घटना बिदेशी नागरिक सहित ५ जनाको मृत्यु

नुवाकोट सुर्यचौरमा हेलिकप्टर दुर्घटना बिदेशी नागारिक सहित ५ जनाको मृत्यु काठमाडौंबाट १ बजेर ५४ मिनेटमा स्याफ्रुबेसिको लागि उडेको एयर डाइनोस्टिक को हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुर्यचौरको जंगलमा दुर्घटन भएको छ, दुर्घटनामा बिदेशी नागरिक सहित ५ जनाको मृत्यु भएको छ ।

काठमाडौ तारकेश्वर नगरपालिका अन्तरगत रहेको सामुदायिक बिधालय समितिले आफ्नो साधरण सभाबाट सर्वसम्मत गर्यो कार्यसमिति चैन

मिति २०८१/०३/२९ आयोजित तारकेश्वर सामुदायिक विद्यालय समितिको २९ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत/ निर्बिरोध निर्वाचित कार्यसमितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु एबम लेखा समितिका संयोजक तथा सदस्यहरुलाई हार्दिक बधाई तथा कार्यकालको सफलताको कामना गर्दछु ! समितिका पदाधिकारीहरुको नामावली निम्नानुसार रहेको छ: १. कृष्णप्रसाद ओझा अध्यक्ष २. हरिकृष्ण अर्याल उपाध्यक्ष ३. राजु नेपाल सचिव ४. बिमला बस्न्यात सह- […]

तारकेश्वर नगरपालिकाको आयोजनामा र सचेतना नागरिक संस्था-नेपालको सहकार्यमा नगरस्तरीय कार्यक्रम सम्पन्न

मिति २०८१ जेष्ठ २६ गते शनिबार तारकेश्वर नगरपालिकाको आयोजनामा र सचेतना नागरिक संस्था-नेपालको सहकार्यमा टुसाल मल्टी भेन्युमा उप-प्रमुख सृजना बुर्लाकोटी अर्याल ज्युको अध्यक्षतामा नगरस्तरीय करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख कृष्ण हरि महर्जन ज्युले उद्घघाटन गर्नुभएको उक्त कार्यक्रमको सहजीकरण गर्नुहुने सचेतना नागरिक सस्था नेपाल परिवारलाई प्रमुखले धन्यवाद समेत दिनुभएको थियो । […]

बुलन्द आवाज ले गजुरी स्वास्थ्य केन्द्र अनुगमन गर्दा भेटिए मिति सकिएका औषधि । धादिङ जिल्लाको गजुरी गाउँ पालिका अन्तरगत रहेको गजुरी स्वास्थ्य केन्द्रमा अनुगमन गर्दै गर्दा स्टोरमा थुप्रै मिति सकिएका औषधि भेटिएका छन् ।

सञ्चारकर्मी राजन नेपाल ले बताए अनुसार त्यहाँबाट आएको खबरलाई फलोअप गर्दै आफुहरु त्यहाँ पुगेको र अनुगमन गर्दा पहिला अस्पतालका कर्मचारीले स्टोर देखाउन नचाहेको पछि त्यहा कार्यरत इन्चार्ज संग अनुमती मागेपछि भित्र पस्दा छरपस्ट रुपमा अव्यवस्थित अवस्थामा औषधि पाइएको र ब्यबस्थापकिय पाटो असाध्यै कम्जोर रहेको नेपाल ले बताएका छन् । नेपालले त्यहाँ कार्यरत डाक्टर स्टोर, किपर […]

बुलन्द आवाज ले गल्छी गाउँपालिकाको बैरेनी अस्पताल अनुगमन गर्दा भेटिए मुसाले खाएका औषधि र मिति सकिएका औषधि।

धादिङ जिल्लाको गल्छी गाउँ पालिका अन्तरगत रहेको बैरेनी अस्पतालमा अनुगमन गर्दैगर्दा कुनै पनि कर्मचारीले ड्रेस लगाएको पाइएन भने स्टोरमा जादै गर्दा मिति भएको औषधि मुसाले नै खाएको पायौं भने अन्य मिति सकिएका औषधि भेटिएका छन् । सञ्चारकर्मी राजन नेपालले बताए अनुसार त्यहाँबाट आएको खबरलाई फलोअप गर्दै आफुहरु त्यहाँ पुगेको र अनुगमन गर्दा पहिला स्टोर किपरले […]

कालिदेवी नमुना माध्यमिक विद्यालयले मनायो आफ्नो ३६ औं बार्षिक उत्सव

मिति २०८०/१२/ ३० गते तारकेश्वर नगरपालिका वडा नम्बर २ मा अवस्थित कालिदेवी नमुना माध्यमिक बिधालयले अभिभावकहरुको भब्य उपस्तिथिमा आफ्नो छत्तिसौ बार्षिक उत्सव भब्यताको साथमा सम्पन्न गरेको छ ।नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आथित्यतामा आयोजित सो कार्यक्रममा, पेशागत महासंघ नेपालका महासचिव लक्ष्मण शर्मा, शिक्षा विकास तथा समन्वय एकाई काठमाडौका प्रमुख विचारी प्रसाद अधिकारी, नगर उपप्रमुख […]

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ ।उहाँले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पार्नुभयो । सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री दाहालले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पार्नुभयो । “साँचो कुरा हो, माओवादी सिद्धान्त […]

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सुविधासम्पन्न होटल थपिँदै,होटल व्यवसायमा ३० अर्बभन्दा बढीको लगानी

लुम्बिनी, २० फागुनः बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी रु ६० अर्बभन्दा बढी पुगेको छ । लुम्बिनीको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर रूपन्देहीका होटल व्यवसायमा मात्रै झण्डै रु ३० अर्बभन्दा बढीको लगानी पुगेको व्यवसायीहरू बताउँछन् । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना–ठूला गरी […]

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

सिरहा, २० फागुन : आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउनुभएको थियो । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाउनुभएको छ । […]