तारकेश्वर नगरपालिका का जनप्रतिनिधि श्यामकृष्ण महर्जन बिरामीलाई निशुल्क उपचार गर्दै ।


मिति २०८१/६/५ गते तारकेश्वर नगरपालिका वडा नम्बर ९ का वडा सदस्य श्यामकृष्ण महर्जले आफ्ना स्वर्गीय माता पिताको सम्झनामा स्थानीयहरुलाई मृगौला र सुगरको निशुल्क स्वास्थ परिक्षण गरेका छन् ।

बिहान ७ बजेबाट सुरुवात भएको उक्त कार्यक्रममा आम नागरिक जनप्रतिनिधि देखि १३ बर्षको बालक हुँदै ९२ बर्षका २१० जनाले सेवा लिएका थिए ।

उहाँको कामलाई देखेर स्थानीय खुब खुशी भएको देख्न पाइयो । हामीले केहि स्थानीयलाई सोध्दा आफ्नो पिताको पथमार्गमा हिडेको र साच्चिकै समाजसेवी भएको कुरा बताउनु भयो ।

हामीले यो कार्य कहिलेबाट र कहिलेसम्म गर्नुहुन्छ भनेर सोध्दै गर्दा आफू जनप्रतिनिधि हुनु अगावै सुरुवात गरेको र आफ्नो  पेशा पनि भएकाले यसलाई निरन्तर सेवा दिने कुरा बताउनु भयो ।

थप्दै अन्य जनप्रतिनिधिले पनि यसैगरी आफुले सकेको र जानेको काममा सहयोग गर्नुपर्छ जनप्रतिनिधि नामको मात्र होइन साच्चिकै देखिने समाजसेवी हुनुपर्छ भन्नू भयो ।

यस्ता वास्तविक समाजसेवी लाई बुलन्द आवाज परिवार पनि नमन गर्दछ ।