नुवाकोट सुर्यचौरमा हेलिकप्टर दुर्घटना बिदेशी नागरिक सहित ५ जनाको मृत्यु

नुवाकोट सुर्यचौरमा हेलिकप्टर दुर्घटना बिदेशी नागारिक सहित ५ जनाको मृत्यु काठमाडौंबाट १ बजेर ५४ मिनेटमा स्याफ्रुबेसिको लागि उडेको एयर डाइनोस्टिक को हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुर्यचौरको जंगलमा दुर्घटन भएको छ, दुर्घटनामा बिदेशी नागरिक सहित ५ जनाको मृत्यु भएको छ ।

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ ।उहाँले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पार्नुभयो । सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री दाहालले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पार्नुभयो । “साँचो कुरा हो, माओवादी सिद्धान्त […]

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ

काठमाडौँ, २१ फागुन : राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उहाँहरुलाई सपथ दिलाउनुभएको हो । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिनुभयो भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गर्नुभयो । राष्ट्रियसभा सदस्यका […]

जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान

महेन्द्रनगर (धनुषा), २० फागुन : जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन् । होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० भन्दाबढी नेपाली होटेल व्यवसायी भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले अयोध्याका लागि प्रस्थान गर्नुभएको हो । अयोध्यामा राममन्दिरको निर्माण भएपश्चात् त्यहाँ पर्यटकको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटकको आगमन […]

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

सिरहा, २० फागुन : आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउनुभएको थियो । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाउनुभएको छ । […]

आजदेखि बेनी–मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द

म्याग्दी, १९ फागुन : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन आजदेखि यही फागुन २४ गतेसम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु […]