बुलन्द आवाज अभियानको संयुक्त आयोजनामा पालिकाको सार्वजनिक सुनुवाई एवं जनता र जनप्रतिनिधि बिचको बुलंद बहस सम्पन्न भएको छ। कार्यक्रमको जवाफदेही प्यानलमा पालिका अध्यक्ष राजु लामा संघिय सांसद मा माधव सापकोटा बाग्मती प्रदेश सांसद मा सरल सहयात्री मा अमृता नेपाल र मा माइली तामाङ पालिका उपाध्यक्ष मिठुदेवी लामा र प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ हुनुहुन्थ्यो । उक्त कार्यक्रममा सवै वडा अध्यक्ष सदस्य कार्यपालिका सदस्य विषयगत शाखाका प्रमुख,विद्यालयका प्रधानाध्यापक बिद्यार्थी बिपक्षी दलका नेतागण लगाएत नागरिक समुहको बाक्लो उपस्थितीमा सन्चालित उक्त कार्यक्रमको सन्चालन सन्चारकर्मी राजन नेपालले गर्नुभएको थियो। सार्वभौम जनता र संघ प्रदेश एवं स्थानिय तहका जनप्रतिनिधिहरू बिचको सवाल जवाफमा आलोचनात्मक टिप्पणी सहित समिक्षा गर्ने भुमिका दिनुभएकोमा लिसंखु पाखर गाउँपालिका र बुलंद आवाज परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु। लैंगिक हिसा बिरूद्धको १६ दिने अभियानको शुभारम्भ समेत भएको उक्त कार्यक्रममा उठेका मुख्य सवालहरूमा आएका प्रतिबद्धता हरू तपशिल बमोजिम छन ।
१)संघियताको विकल्प प्रतिगमन हुनसक्दैन (मा माधव सापकोटा मा सरल सहयात्री)
२) भुमिसुधार मन्त्रालयले काम गर्दैगरेकोले हिउँदे अधिवेशनमा किसानको पक्षमा हुनेगरी गुठी विधयेक पेश हुने(मा माधव सापकोटा)
३) सरकारका अस्थायी रोजगारका कार्यक्रम हरूलाई थप प्रभावकारी बनाउदै तिनवटै तहहरूको सहकार्यमा कम्तिमा बार्षिक १०० स्थायी रोजगारी श्रृजना गर्ने प्रयास गर्ने।(मा सरल सहयात्री)
४)युवा पलायन रोक्न कृषि तथा प्रकृतिक श्रोतमा आधारित उद्योगहरूमा जोड दिदैं युवाहरूलाई गांउफर्क अभियान चलाउने ( पालिका उपाध्यक्ष मिठुदेवी लामा)
५) कृषि साखामा अभाव भएका कर्मचारिहरूको परिपुर्ति गर्ने र कृषि अनुदानको दुरूपयोग हुनुमा कृषि साखा बाहेक सरकारी गैरसरकारी निकायहरूले दिने अनियन्त्रित अनुदानहरूको फरक क्षेत्राधिकार भएकोले आइन्दा अनुगमनमा कडाइ गर्ने । (पालिका अध्यक्ष एवं कृषि साखा प्रमुख)
६) ओरेन्ट म्याग्नेसाइट लगाएतका ८ वटा राष्ट्रिय रूग्ण उद्योग हरूको बारेमा संसदिय समिति गठन भएको। यस बारेमा छिटै निर्णय हुने।(मा माधव सापकोटा
७) शिक्षक र जनप्रतिनिधि हरूका बालबालिकाहरू सामुदायिक विद्यालयहरुमा पठनपाठन गराउने बारेमा पालिकाले गरेको निर्णय आंशिक मात्र कार्यान्वयन भएकोले पुर्ण कार्यान्वयन गराउन कानुन निर्माण गर्ने।*पालिका अध्यक्षका ३ जना बालबालिका गतबर्ष देखिनै सामुदायिक विद्यालयमा अध्यापन शुरू भइसकेको।(अध्यक्ष राजु लामा) # जवाफ नआएका अपेक्षाकृत प्रश्नहरु क)निजामती विधयेकमा स्थानिय कर्मचारीहरुलाई उचित स्थान ख) स्वनिर्भर जिवनोपयोगि पाठ्यक्रमको निर्माण ग) बिद्यालय मर्ज (३२ बिद्यालयमा १७६७ बिद्यार्थी=५५) घ) पालिकाको बिकास निर्माणमा थप तिब्रताको चहाना ङ) युवाको बिदेश पलायन रोक्ने योजना # नीति तथा कार्यक्रमका कृषिका राम्रा पक्षहरु बांझो जमिनमा खेती गर्नेलाई १ लाख सम्म अनुदान किसान परिचयपत्र सवै वडामा कृषि प्राविधिक पुर्याउने बन्यजन्तु नियन्त्रणमा काम गर्ने जैविक मल प्रवर्द्धन गर्ने माटो परिक्षण गर्ने कृषि पुस्तकालय खोल्ने एक बिद्यालय एक कृषि कार्यक्रम राख्ने बिउ बैंक खोल्ने रैथाने उत्पादनको ब्राण्डिङ गर्ने १० हजार फलफुलका बिरूवा नर्सरी निर्माण गर्ने वडामा पशु उपचार केन्द्र खोल्ने दिवा खाजामा रैथाने बाली राख्ने ३ वटा समाजवादी कृषि उत्पादन केन्द्र खोल्ने भुमिको बर्गिकरण गर्ने लगायका बिषयमा बृहत छलफल भयो ।