हुम्लामा फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु


सिमकोट (हुम्ला), २० फागुन : हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई यही फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।च वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा खोपकार्ड लिएर जान स्वास्थ्य सेवा कार्यालय हुम्लाले आग्रह गरेको छ ।

खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवाला निकायसँग बसेको बैठकले यही फागुन २५ गतेदेखि चैत ७ गते अभियान सञ्चालन गरिने कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो । जिल्लामा सात स्थानीय तहले तोकिएकै मितिमा खोप अभियान सञ्चालन गर्न सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतसँग समन्वय गरिएको उहाँले बताउनुभयो ।

दादुरा–रुवेला लागेको एक व्यक्तिले १८ जनासम्मलाई रोग सार्न सक्ने भएकाले यसबाट सुरक्षित रहन सम्पूर्ण बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउनु अति आवश्यक प्रमुख सिंहको भनाइ छ ।

अभियान सञ्चालनका लागि एक सय सात खोप केन्द्र स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार नाम्खा १५, सिमकोट २०, खार्पुनाथ १४, सर्केगाड २३, चङ्खेली १२, अदानचुली १२ र ताँजाकोट गाउँपालिकामा ११ खोप केन्द्र तोकिएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको सफलताले नेपालको शिशु तथा बाल मृत्युदर घटाउनमा उल्लेखनीय रुपमा योगदान पु¥याएको भन्दै सबैलाई खोप अभियानमा समन्वय गर्न प्रमुख सिंहले आग्रह गर्नुभयो ।